पाँच जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स

Image
काठमाडौं–नेपाल रेडक्रस सोसाइटीले ५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त एम्बुलेन्सहरू ओखलढुंगा, दोलखा, रामेछाप, चितवन र मकवानपुर जिल्लाहरूलाई हस्तान्तरण गरिएको हो । सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ नेपाल प्रमुख अजमद उल्ला, अमेरिकन रेडक्रसका नेपाल प्रमुख हरि कार्कीले संयुक्त रूपमा जिल्ला शाखा तथा उपशाखाका प्रतिनिधिहरूलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए। एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका ओखलढुंगा, दोलखा, रामेछाप, मकवानपुर जिल्ला शाखा र नेपाल रेडक्रस सोसाइटी दिव्यनगर उपशाखा चितवनका सभापति, पदाधिकारीहरू, नेपाल रेडक्रस सोसाइटीको विभिन्न विभागका निर्देशक उपनिर्देशकसहित कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
Tags: