९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसमा दुई महिला फोटोपत्रकार सम्मानित

Image
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसकाे अवसर पारी दुई महिला पत्रकारलाई सम्मान गरेको छ । दिवसका अवसरमा फोटो पत्रकार उषा तितिक्षु र सगरमाथा आरोहीसमेत रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ। ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन घोषणा गरिएको उक्त समान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आथित्यमा उहाँहरूलाई आज प्रदान गरिएको हो। काठमाडौमा बुधवार आयोजित उक्त सम्मान कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख अतिथित्व रहेको थियो । मन्त्री ज्वालाले फोटो पत्रकारिता चुनौतीपूर्ण पेशा रहेको उल्लेख गर्दै पत्रकारको योगदानलाई सम्मान व्यक्त गरे । उनले पत्रकारहरुले खिचेको फोटोको अभिलेखालय स्थापना गर्न पहल गर्ने समेत बताए । कार्यक्रममा एनएफपिजेका केन्द्रिय अध्यक्ष प्रदिपराज वन्तले स्वागत मन्तव्य राख्दै सम्पूर्ण फोटो पत्रकारअरूलाई एकजुट भएर संघर्ष गर्न आह्वान समेत गरेका थिए । उषा तितिक्षु नेपालको पहिलो महिला पत्रकार हुन । उनले २०४६ सालबाट स्वतन्त्र फोटो पत्रकारको यात्रा सुरु गरेकी थिईन् । उनले कैद गरिका तस्बिरहरु नेपालमा मात्र नभएर नेपाल बाहिर पनि चर्चा कमाएका छन् । तितिक्षु विभिन्न समासमायिक विषयमा समेत वकालत गर्दै आएकी छिन् । पुर्णिमा श्रेष्ठ विगत एक दशकदेखी फोटो पत्रकारिता गर्दै आएकी छिन् । गोर्खाको मध्य किसान परिवारमा जन्मिएकी उनी सफल हिमाल आरोही समेत हुन् । नेपालमा रहेका ८००० मिटर माथीका हिमालहरू आरोहण पनि गरेकी छिन् । एनएफपिजेले उक्त कार्यक्रममा २०८० सालको भित्तेपात्रो विमोचन पनि गरेको थियो । कार्यक्रममा एनएफपिजेले आयोजना गरेको सेतो मच्छिन्द्रनाथ रथ जात्रा फोटो प्रदर्शनी, र पर्यटन फोटो प्रदर्शनीमा फोटो उपलब्ध गराएका फोटो पत्रकारहरुलाई पनि कदर -पत्रले सम्मान गरेको थियो । नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो । एनएफपिजेको उक्त कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्ष राजभाइ सुवाल, कविन्द्रमान शाक्य, मीन रत्न बज्राचार्य, राजेन्द्र चित्रकार र एनएफपिजे बागमती प्रदेश अध्यक्ष नारायण सिलवाल लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।
Tags: