महेन्द्रनगर च्याप्टरको ‘एनओजी राइड’ सम्पन्न

Image
काठमाडौं - नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एन्टर्क ओनर्स ग्रुप (एनओजी) राइड सम्पन्न गरेको छ । गत शनिवार आयोजना भएको राइड ‘महामाया ट्रेड एण्ड सप्लायर्स’ महेन्द्रनगर कञ्चनपुरबाट शुरू भएर ‘दोधारा अतिथि रिसोर्ट’ पुगेर समापन भएको थियो । उक्त राइडका सहभागीबीच विभिन्न खेल समेत खेलाइएको थियो । सहभागी राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करीब ५० जना राइडर सहभागी उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ स्थानीय प्रशासनको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ ।
Tags: