समृद्धि फाइनान्सको ‘ग्याँससँगै क्यास’ र ‘पानी बचतको बानी’ क्यासब्याक योजना

Image
काठमाडौं – “समृद्धिको लागि सहकार्य” भन्ने मुल नाराका साथ ग्राहकहरुमाझ समृद्धि फाइनान्सले नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । उक्तयोजनाअन्तर्गत ग्याँस तथा पानीको क्रेता र विक्रेताले समृद्धि फाइनान्सको मोबाइल बैंकिङको क्यूआर प्रयोग गरी कारोबारगर्दा क्यासब्याकको सुविधा प्राप्त गर्ने बताइएको छ । जसमा ‘ग्याँससँगै क्यास योजना’अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङको क्यूआर प्रयोग गरी ग्याँसको खरीद विक्री कारोबार गर्दा प्रति सिलिन्डर क्रेताले रू. ५० र विक्रिेताले रू. १० क्यासब्याक प्राप्त गर्नेछन् । त्यस्तै, ‘पानी बचतको बानी योजना’अन्तर्गत प्रत्येक पानीको जार खरीद गर्दा खरीदकर्ताले रू. ५ क्यासब्याक प्राप्त गर्ने छन् । उक्त योजना सिमित अवधिको लागि हुने फाइनान्सले जनाएको छ ।
Tags: