लुम्बिनीमा ढल्यो गिरी नेतृत्वको सरकार

Image
बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमबार प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन नसकेपछि गिरी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् । विश्वासको मतका लागि भएको मतदानमा सहभागी सदस्यमध्ये ३३ जनाले विश्वासको पक्षमा र ५३ जनाले विश्वासको विपक्षमा मत दिएका थिए । गिरीलाई नेकपा एमालेका २९ र राप्रपाका ४ गरि ३३ सांसदले विश्वासको मत दिए भने माओवादी केन्द्र, नेपाली कांग्रेस नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए । गिरी गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र दुई स्वतन्त्र गरि ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि ४४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।
Tags: