नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

Image
काठमाडौं (अस) । सिद्घार्थ बैंकले काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले आँखा शल्यक्रिया अभियानमा खर्च गर्ने गरी रू. ५ लाख १२ हजार ५०० सहयोग गरेको हो । सो रकम बैंकका त्रिपुरेश्वर सर्कल अफिस प्रमुख अजयसिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम काभे्रपलाञ्चोक, धादिङ, नुवाकोट र रसुवा जस्ता दुर्गमक्षेत्रका मोतिबिन्दुका रोगीको पहिचान गरी उनीहरूको आँखा शल्यक्रिया गर्नका लागि उपयोग गरिनेछ । सो सहयोगबाट आर्थिकस्थिति कमजोर भएर मोतिबिन्दु रोगको उपचार गर्न नपाइरहेका विरामीको दृष्टि सुधार गर्न मद्दत पुग्ने बैंकको विश्वास छ ।
Tags: