केएल दुगडको ‘ज्ञान मह’

Image
काठमाडौं - केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ‘ज्ञान मह’ बजारमा ल्याएको छ । स्थानीय रूपमा उपलब्ध विभिन्न बहुमूल्य वनस्पतिमा चरन गरेका मौरीबाट यस महको उत्पादन गरिएको कम्पनीले जानकारी दिएको छ । स्थानीय उत्पादनको प्रवद्र्घन गर्ने उद्देश्यले महको उत्पादन शुरू गरिएको कम्पनीको भनाइ छ । खाद्य प्रविधिका अनुभवी र दक्ष विशेषज्ञले यसको स्वाद र गुणस्तरको परीक्षण गरी उपभोगको लागि स्वीकृति दिएकोले गुणस्तरमा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरका साथै स्थानीय किराना पसलमा २५० ग्राम, ५०० ग्राम र १ केजीको प्याकमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । केएल दुगड समूहले ज्ञानका ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता उत्पादन लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।
Tags: