‘निजी क्षेत्रलाई अख्तियारले अनुसन्धान गर्दा व्यवसायीको मनोबल घट्छ’ : चेम्बर

Image
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न पाउने गरी कानून संशोधन गर्न लागिएको प्रति नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको बताएको छ । अख्तियारको दायराभित्र ल्याउने व्यवस्था संविधान अनुकूल नहुने र यसबाट समग्र उद्योगी व्यवसायीको मनोबल घट्ने चेम्बरको ठहर छ । ‘निजी क्षेत्रमा नियमन गर्ने सम्वन्धित निकाय हुँदा हुँदै थप अख्तियारको क्षेत्राधिकार भित्र पार्न खोज्दा बेथिति बढ्ने र उद्योगी व्यवसायी हतोत्साही हुने देखिन्छ,’ चेम्बरले विज्ञप्तिमार्फत भनेको छ । निजी क्षेत्रमा समेत अनुसन्धान गर्न सक्ने प्रस्तावित व्यवस्थाले निजी क्षेत्रको कार्यक्षमतामा ह्रासका साथै बैदेशिक लगानी समेत प्रभावित हुने चेम्बरको दाबी छ । ‘विधेयकमा उल्लेखित व्यवस्थाले व्यवसायिक निर्णय लिन कठिन हुने अवस्था सिर्जना हुन्छ, ।’ विज्ञप्तिमा भनिएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अख्तियारको कार्यक्षेत्रभित्र निजी क्षेत्रलाई समावेश गर्न नहुने बताए । संशोधन विधेयकमा उल्लेखित बैंक, वित्तीय संस्था, उद्योग, पब्लिक कम्पनी, स्वास्थ्य संस्था लगायतका क्षेत्रलाई अख्तियारको दायराभन्दा बाहिर राख्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
Tags: