आइएमई पेबाट केबलकारको टिकट काट्न सकिने

Image
काठमाडौं ( आइएमई पेबाट नेपालभरि विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मिल्ने भएको छ । आइएमई पेले शुरुआत देखि नै केबलकारको टिकटिङ सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रागिरी केबलकारबाट शुरुआत गरिएको सो टिकटिङ सेवाअन्तर्गत अब मनकामना, अन्नपूर्ण र मौलाकाली केबलकार समेत थपिएका हुन् । आइएमई पेको यात्रा सेवामा केबलकारभित्र रहेको टिकटिङ सुविधामार्फत ग्राहकले सहजै टिकट काट्न सक्ने कम्पनीको भनाइ छ । आइएमई पे मोबाइल वालेट एप विद्युतीय भुक्तानी सेवा प्रदायक हो । वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्छन्
Tags: