सेवाग्राहीलाई चुस्त सेवा प्रवाह गर्ने प्रशासकीय अधिकृत शाही

Image
हरिकृष्ण ऐडी सेवाग्राहीले स्थानीय तहमा छिटोछरितो सेवा नपाएको जनगुनासो धेरै सुनिन्छ । तर जिल्लाको छायाँनाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पशुपति शाही भने सेवाग्राहीको सेवाको लागि तल्लिन देखिन्छन्। कार्यालयका प्रत्येक शाखाका फाँटमा पुगी कार्यालयका कर्मचारीबाट सेवाग्राहीलाई प्रदान गर्ने सेवा सम्बन्धि छिटोछरितो र गुणस्तरीय सेवा प्रदान गर्नलाई उनले सचेत गराउँदै आएकाछन्। शाहीले प्रत्येक फाँट मै खटिइ फाँटबाट छिटोछरितो सेवा प्रदान गर्दै आएको पाएको सेवाग्राही राम बहादुर कार्कीले बताए । शाहीले सेवाग्राहीको सहजता का लागि हरेक शाखामा पुगी कर्मचारीले सेवा ग्राहीसँग कामको सम्पादन कसरी भएको छ भनेर अनुगमन गर्दा सेवाग्राहीलाई सहज भएको उनको भनाइ छ। निमित्त प्रशासकीय अधिकृत शाहीले नगर प्रमुख विष्णु कुमार भामले गर्दै प्रभावकारीे सेवाबाट प्रभावित भएर आफूले सोही अनुसार काम गर्दै आएको बताउँछन् । उनले नगरका हरेक शाखा लगायत सम्बन्धित वडा कार्यालयमा पनि कामको सम्पादनमा ध्यान दिन निर्देशन दिँदै आएको बताए । उनले सार्वजनिक लेखापरीक्षणको कार्य विधिअनुसार चौमासिक रुपमा लेखापरीक्षण र आर्थिक वर्ष बाट सार्वजनिक सुनवाइ गर्दै आएको बताए। शाही अन्य कार्यालयम निमित्त भएभर काम गर्दा शिक्षा,स्वास्थ र प्रशासन क्षेत्रमा लामो अनुभब रहेको छ।
Tags: