स्व. गायिका छन्त्यालको परिवारलाइ युकेबाट सहयोग र घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले कार्यक्रम गर्दै

Image
सुरेश छन्त्याल/ गलकोट स्व. गायीका निरा छन्त्यालको परिवारलाइ पाण्डबखानी समाज युकेद्धारा सहयोग रकम हस्तान्तरण भएको छ। पाण्डबखानी समाज युकेका अध्यक्ष तथा बागलुङ समाज युकेका वरिष्ठ उपाध्यक्ष खड्क बहादुर थापाको नेतृत्वमा संकलित रकम रु १ लाख ७५ हजार ३ सय ३५ रुपियाँ गायीकाका परिवारलाई हस्तान्तरण गरेका हुन् । उनले संस्थाले समाजको सर्वांगिण विकासमा चिन्ता र चासो राख्ने बताए । उक्त कार्यक्रममा घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले २५६७ औं बुद्व जयन्ती तथा ३७ औं वार्षिकोत्सव साथै वैशाखे पुर्णिमा मेला भव्यताका साथ सफल पार्नको लागि अन्तिम तयारी बैठक सम्पन्न भएको जानकारी संस्थाले दिएको छ । क्लबका अध्यक्ष प्रकाश पुनको अध्यक्षतामा बसेको बैठकमा पाण्डवखानी समाज युकेका अध्यक्ष तथा बागलुङ समाज युकेका वरिष्ठ उपाध्यक्ष थापालाई क्लबले स्वागत तथा सम्मान समेत गरेको थियो । कार्यक्रम बोल्दै थापाले प्रवासमा रहेपनि आफ्नै गाउँ ठाउँ प्यारो लाग्ने र जुनसुकै पनि समाजिक कार्यका लागि समाज र व्यक्तिगत रूपमा सधै साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । क्लबको तर्फबाट पाण्डवखानी समाज बेलायत को उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरिएको थियो ।
Tags: