माओवादी मन्त्री भेट्न अब पार्टी कार्यालय

Image
काठमाडौं – नयाँ वर्षदेखि नेकपा माओवादी केन्द्रका मन्त्री पार्टी कार्यालयमा भेटिने भएका छन् । माआवादीले केन्द्रीय कार्यालय पेरिसडाँडामा हेल्प डेस्क बनाएर कार्यकर्ता र नागरिकलाई भेट्ने व्यवस्था मिलाउन लागिएको हो । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले वैशाख १ गतेदेखि माओवादी मन्त्रीहरुलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । उनका अनुसार पार्टीका कार्यकर्ता, जनता सबैलाई हप्तामा एक दिन दिउँसो चार बजेदेखि ६ बजेसम्म पार्टी कार्यालयमा भेट्ने व्यवस्था मिलाइने भएको छ । कार्यालय समयमा मन्त्रालय र क्वाटरमा मन्त्रीहरुसँग भेट्नेहरुको भिडभाड हुन थालेपछि त्यसलाई व्यवस्थित गर्नुपर्ने पार्टीमा भएको छलफलका आधारमा पार्टी कार्यालयमै मन्त्रीलाई भेट्ने व्यवस्था गर्न लागिएको सचिव ढकालले बताए ।
Tags: