संसदमा विश्वप्रकाशको प्रश्न, ‘ भूमिहिनले स्वास फेरिरहेको एक टुक्रा जमीनको लालपुर्जा कहिले हात पर्छ ?

Image
काठमाडौं– ‘उहाँले जहिल्यै सोध्नुहुन्छ, मैले स्वास फेरिरहेको यो एक टुक्रा जमीनको लालपुर्जा मेरोे हातमा कहिले पर्छ ?’ नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आइतवार संसदको शून्य समयमा भूमिहिनले लालपूर्जा नपाएका नागरिकका सवाल राखे, ‘नापी कहिले आउँछ, लालपूर्जा कहिले पाइन्छ ?’ सांसद शर्माले यथाशीघ्र वितरणका लागि सरकारको ध्यानाकर्षण गराए ।‘कतिपय ठाउँमा लालपुर्जा वितरण सूरू पनि गरिसकेको छ। तर गरिब जनताले चर्को कर तिर्न सक्दैनन् भन्ने हेक्का राखिएन,’ उनले भने। कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले लालपुर्जा वितरण गर्दा चार विषयलाई ध्यान दिन सरकारसमक्ष आग्रह गरेका छन्। उनले नापी नभएको ठाउँमा अविलम्ब नापी सुरू गरिहाल्नुपर्ने, जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइनुपर्ने, कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाइनुपर्ने र अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गर्नुपर्ने बताएका छन्।
Tags: