आयात निर्यात दुवै ओरालोमा, राजस्व २७ प्रतिशतले कम उठ्यो

Image
काठमाडौं– चालू आर्थिक वर्षको ८ महीनासम्ममा गतवर्षको यही अवधिको तुलनामा आयात निर्यातमा ठूलो परिमाणमा कमी आएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकलाई हेर्दा १९ प्रतिशत भन्दा बढी आयात र निर्यातमा २९ प्रतिशतभन्दा बढीले कमी भएको हो । गतवर्ष यो अवधिमा १३ खर्ब ८ अर्ब रुपैयाँको आयात भएकोमा यो वर्ष १० खर्ब ५ अर्ब रुपैयाँको आयात भएको छ । त्यस्तै गत वर्ष झण्डै १५ खर्ब रुपैयाँको निर्यात भएकोमा अहिले त्यो तथ्यांक १० खर्ब रुपैयाँमा केही माथि छ । राजस्वमा कमी आयात कम भएसँगै राजस्व संकलनमा पनि कमी आएको छ । चालू आर्थिक वर्षको ८ महीनासम्ममा २ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गतवर्षको यही समयमा यो तथ्यांक ३ खर्ब ३३ अर्ब रुपैयाँ थियो । निर्यात सुस्ताउने आयातित पाम र सोयाविन झण्डै ३० प्रतिशतले सुस्ताएको निर्यात व्यपारमा असर पार्नेमा सोयाविन आयल र पाम आयल रहेका छन् । गतवर्ष यही अवधिमा ४१ अर्ब ४० करोड रुपैयाँको सोयाविन आयाल निर्यात भएकोमा यो वर्ष ८ अर्ब ३७ करोड रुपैयाँमात्र निर्यात देखिन्छ । त्यस्तै निर्यात व्यपारमा बढी प्रभाव पार्ने पाम आयाल गएको ८ महीनामा १३ अर्ब रुपैयाँ बराबर निर्यात भएको छ । गतवर्ष यही समयको यसको तथ्यांक झण्डै १९ अर्ब रुपैयाँ थियो । यी दुवै आयातीत हुन् । गाडी र पेट्रोलियम पदार्थको आयात घट्यो यो अवधिमा आयातमा कमी आउनुमा सवारीसाधन र पेट्रोलियम पदार्थको आयात मूख्य छन् । सवारीसाधनको आयात रोकिने र विक्री कम भएका कारण आयात कम भएको देखिन्छ भने पेट्रोलयम पदार्थको मूल्य बढ्दा उपभोग कम गरेको अनुमान गर्न सकिन्छ ।  
Tags: