उपसभामुखको गुनासो, ‘सानो पार्टीको भनेर हेपियो, तोकिएका सुविधा पनि पाइन’

Image
काठमाडौं – उपसभामुख इन्दिरा रानाले राज्यले सुविधमा ठगेको गुनासो गरेकी छिन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले उपसभामुख रानाले आफूले सुन्दा उपसभामुखका धेरै सुविधा हुने सुनेपनि आफूले नपाएको गुनासो गरेकी हुन् । सांसद हुँदा त मैले त्यति वास्ता नभएको कुरा उपसभामुख भए पछि खोजी गरेको उनको भनाइ थियो । ‘ मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ ,मेरो सुविधा पनि खोज्दै जाँदाखेरि थुप्रै सुविधाहरु रहेछ’ उनले भनिन् । उनले पुरुष उपसभामुख हुँदा र महिला उपसभामुख हुँदाको सुविधामा विभेद रहेको बताइन् । सानो पार्टीको भएकोले हेपिएको उनको भनाइ थियो । ‘ठूलो पार्टीले सानो पार्टीलाई गर्ने व्यवहार अहिले पनि हेपाहा प्रवृत्तिको देखियो, जसको पहुँच छ उसलाई सबथोक पाइने, यो त भ्रष्टाचार हो ।’ उनले भनिन् । आफूलाई घर दिने भनेको सुनेको तर नदिई ३६ हजार रुपैयाँ भाडा मात्र दिएको रानाले बताइन् । ‘३६ हजार निवास भाडा दिइएको छ, ४४ हजार तिरेर बस्दै आएको छु’ उनले भनिन् ।  
Tags: