कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियन जाँदै

Image
  काठमाडौँ – कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनहरुलाई रोजगारको अवसर खुलेको छ । कुवेत सरकारको स्वास्थ्य मन्त्रालय मातहतमा चल्ने त्यहाँका सरकारी अस्पतालहरुमा योग्य नेपाली कामदारको माग गरेको हो । कुवेतको सिटी ग्रुप कम्पनीमार्फत टेण्डर प्राप्त गरी नेपाल स्थित बसुन्धारामा रहेको ओमेगा इन्टरनेशनल प्रा.लिबीच नेपाली कामदार पठाउन सम्झौता भएको छ। कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा फार्मेसी सहायक, रेडियोग्राफी र ल्याब टेक्निसियन गरेका नेपालीहरुलाई रोजगारको लागि माग गरेको ओमेगा इन्टरनेशनल प्रा.लि.ले जानकारी दिए । नेपालमा ठूलो रकम खर्च गरेर अध्ययन गरेका नेपाली विद्यार्थीहरुलाई यो अवसर आउनु निकै खुसीको विषय बनेको प्रा.लि. को दावी छ । कुवेतबाट करिब १७०८ जना कामदारको माग भएको छ । दैनिक आठ घण्टा काम र हाप्तको एक दिन छुट्टि हुने उक्त सेवामा प्रत्येक डिप्लोमा गर्ने कामदारहरुलाई १ लाख ७ हजारभन्दा माथि पारिश्रमिक हुने व्यवस्था रहेको बताएको छ । त्यस्तै बिएस्सी गरेकालाई १ लाख ३० हजारभन्दा बढी पारिश्रमिक पाउने व्यवस्था रहेको उल्लेख गरेको छ । उक्त कामका लागि डिप्लोमा र बिएस्सी उत्रिर्ण गरेका विद्यार्थी, युवाहरुले नेपालमा न्युनतम २ वर्ष काम गरेको अनुभव चाहिने र आवश्यक कागजात उपलब्ध गराउनुपर्ने छ । सो काममा जान इच्छुक योग्यता पुगेका नेपालीले फेब्रुवारी अन्तिममा हुने परीक्षामा सहभागी भई पास गनुृपर्ने कम्पनी व्यवस्थापकले जनाएको छ । आवश्यक परमर्शा तथा जानकारीका लागि अफिसियल फेसबुक लिंक तथा अफिसमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
Tags: