नायिका गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

Image
काठमाडौं –नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । आज ९शनिबार० विशेष कार्यक्रमको आयोजना गरेर सो पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन् । गौतम पछिल्लो समय समाजसेवामा पनि सक्रिय थिईन् । सो दलले लिएको विचारबाट प्रभावित भएर आफू पार्टीमा प्रवेश गरेको उनको भनाई छ । सो अवसरमा गौतमले संक्षिप्त लिखित सम्बोधनसमेत गरेकी थिईन् । उनले जनताका हरेक अभाव पूर्ति गर्ने कुरामा आफूहरुका पाइला चल्ने प्रण गर्दै पार्टीले बोकेको उद्देश्य पूरा नहोउञ्जेलसम्म अहोरात्र खटिईरहने पनि विश्वास दिलाएकी थिईन् ।  
Tags: