पत्रकार एनबि कंडेलको परिवारलाई एक लाख १० हजार सहयोग

Image
बुटवल – नेपाल पत्रकार महासंघ रुपन्देहीले सवारी दुर्घटनामा पनि निधन भएका पत्रकार एनबि कंडेलको परिवारलाई एक लाख १० हजार रुपैयाँ प्रदान गरेको छ । बुटवलमा एक कार्यक्रमकाबीच मुख्यमन्त्री लिला गिरीको उपस्थितीमा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले कंडेल पत्नी मञ्जु कंडेललाई चेक हस्तान्तरण गरेका हुन । महासंघ रुपन्देहीले सदस्यहरुका लागि गरेको दुर्घटना बिमा मार्फत कंडेललाई उक्त रकम सहयोग गरेको हो । यसैगरि सोही अवसरमा केही समयअघि दुर्घटनामा परि घाईते भएका महासंघका सदस्य बसन्त बराललाई पनि सहयोग प्रदान गरिएको छ ।  
Tags: