न्यू घुम्टे एजुकेसनल एकेडेमीमा सरस्वती पूजा तथा सम्मान कार्यक्रम

Image
सुरेश छन्त्याल बागलुङ– गलकोट नगरपालिका १० पाण्डवखानीमा रहेको न्यू घुम्टे एजुकेसनल एकेडेमी बोर्डिङ स्कुलमा श्रीपञ्चमी (सरस्वती पुजा) को अवसरमा अक्षराम्भ तथा विविध कार्यक्रम सहित अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शिक्षक, व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा पन्डित महोदत्त शर्माले सरस्वती पूजाको विधि पाठ गरेका थिए, सोही अवसरमा विद्यार्थी, अभिभावकसँगै सामाजिक रुपमा योगदान पुराएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । साथै नानीबाबुलाई अक्षराम्भ,प्रसाद ग्रहण, पुरुस्कार वितरण, विद्यालयलाई आर्थिक सहयोग गर्नु हुने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । साना नानीबाबुहरुले नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाको अध्यक्षता भुतपुर्व सैनिक संघ पाण्डवखानीका सचिव ह.गंगा ब. घर्ती पुनको प्रमुख आतिथ्यता खिम काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Tags: