सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

Image
काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। यही माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार सुचारु भएको हो। नेपाल स्टक एक्सचेन्जले ओपनिङ मूल्य ३७१।५९ रूपयाँ तोकेको छ। दुबै कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि नियमनकारी निकायहरूले ज्योति लाइफ इन्स्योरेन्सलाई सूर्य लाइफ इन्स्योरेन्समा गाभ्न स्वीकृति दिइएको थियो। गत पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन भएको हो।
Tags: