कागेश्वरीको सातौं नगरसभा आज, यी विधेयक पेश हुँदै

Image
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले सातौं नगरसभा आज हुँदैछ । नगरसभाको तयारीका लागि बुधबारराजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला पक्षसँग छलफल पनि गरिएको थियो । नगर प्रमुख उपेन्द्र कार्कीले नगरपालिकाले नगरसभामा नगर प्रहरी सम्बन्धी विधेयक, २०७९, नगरपालिका अस्पताल सञ्चालन तथा ब्यवस्थापन ऐन, २०७५ (पहिलो संसोधन विधेयक) प्रस्तुत गरिने जानकारी दिए । नगरसभामा आर्थिक ऐन, २०७९, श्रम डेस्क सञ्चालन कार्यविधि, सुशासन समिति सञ्चालन सम्बन्धी नियमावली प्रस्तुत गर्ने तयारी छ । सातौं नगरसभामा न्यायिक समितिका काम प्रभावकारी बनाउने सम्बन्धी विधेयक पनि पेश हुनेछ । विषयगत समितिको गठन तथा कार्य सञ्चालन नियमावली तथा विधायन समितिको नियमावली पनि नगरसभामा पेश हुनेछ । नगरसभाको पूर्वसन्ध्यामा राखिएको छलफल कार्यक्रममा कागेश्वरी मनोहरा भित्र क्रियाशिल राजनीतिक दल तथा सरोकारवाला पक्षको सहभागिता रहेको थियो । छलफलमा नगरपालिकाले ल्याउन लागेका विधेयक तथा नियमावलीले पार्ने दीर्घकालिन असर तथा त्यसको प्रभवकारी कार्यान्वयनका विषयमा सुझाव दिइएको थियो । सरोकारवालाको सुझाव पछि नगर प्रमुख कार्कीले सबैको सल्लाह अनुसार नै नगरसभाबाट विभिन्न कानुन तर्जुमा गर्ने प्रतिवद्धता जनाएका थिए ।
Tags: