जब मन्त्री बन्न लागेका किराँतीका बुवा रोए

Image
काठमाडौं–माओवादी केन्द्रका नेता सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री बन्दैछन् । मन्त्री बन्ने निश्चित भएका उनले मंगलबार आफ्ना बिरामीलाई सुनाए । उनले सामाजिक सञ्जालमा आफूले मन्त्री बन्ने खबर बुवालाई सुनाए पछि भावुक बनेको उल्लेख गरेका छन् । यस्तो छ नेता किराँती र उनका बुवाको संवाद : डाँडाको जुन घाम जस्तै बुवासँग कुराकानी : मैले भने : बुवा म मन्त्री हुने भएँ । बुवा : हँ होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ? म : हो बुवा साँच्चै हो बिपना नै हो । (संस्कृति,पर्यटन तथा नागरिक उड्यान ) बुवा : मन्त्री चाहीँ कसरी भइस ? कसले गर्दा भइस् ? म : पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्‍यो । बुवा : राम राम राम १ म उहिले फोक्लेण्डको लाडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे १ म : म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो । बुवा : हाम्रो बंशमा वडा अध्यक्ष सम्म कोहि भएनौं राम्रो गर्नु । म : पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए । बुवा : म गए पछि तेरो आमा संग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो संम्झे बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।
Tags: