प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा २६८ को समर्थन

Image
काठमाडौं–प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट प्रचण्ड मत सहित विश्वासको मत प्राप्त गरेकाछन् । उनले संसदका दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका हुन्। प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा पाँच जना सांसद अनुपस्थित थिए भने बैठकमा कूल दुई सय ७० सांसद उपस्थित थिए । सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिए। सांसदहरू अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचन सदनमा अनुपस्थित थिए । यस्तै सभाका ज्येष्ठ सदस्य जबरा सभा सञ्चालनमा थिए । फौजदारी अभियोग लागेका सांसद टेकबहादुर गुरुङ सभामा अनुपस्थित रहेका थिए । उहाँले नेपालको संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको हो । धारा ७६ उपधारा ९२० अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा ९४० बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ । प्रधानमन्त्री दाहाललाई नेपाली कांगेस, नेकपा ९एमाले०, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी०, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।
Tags: