केटीएम सिटीको नयाँ आउटलेट बौद्धमा

Image
काठमाडौं– शेर्पा आउटडोरको केटीएम सिटीले काठमाडौंको बौद्धमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार बौद्धको माछापोखरीमा नयाँ आउट सञ्चालनमा आएको हो । बौद्धमा खोलिएको केटीएम सिटीको २५ औं आउटलेट हो । नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसाधारणलाई सहज रुपमा आफ्नो ब्राण्डको सामानमा पहुच पुर्याउने उद्धेश्यले नयाँ आउटलेट सञ्चानलाई प्राथमिकतामा राखेको जनाइएको छ । चाँडै देशभरका मुख्य शहरमा आउटलेट सञ्चालनमा ल्याउने कम्पनीको उद्धेश्य राखेको जनाएको छ । काठमाडौंको बौद्धमा खोलिएको आउटलेटमा सर्वसाधारणले सहज र सर्वसुलभ रुपमा केटीएम सिटीका पछिल्ला उत्पादन प्राप्त गर्न सक्नेछन् । नेपाली लुगाको ब्राण्डलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा फैलाउने उद्धेश्यका साथ अघि बढेको केटीएम सिटीले भारत र क्यानडामा समेत आफ्नो सेवा विस्तार गरेको छ । पछिल्लो समय केटीएम सिटीले नेपाली खेलकुदमा समेत आफ्नो सहयोग र सहकार्य विस्तार गर्दै आएको छ । केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो भने भलिबल, क्रिकेट, ब्याडमिन्टन सहित विभिन्न खेलसँग सहकार्य गर्दै आएको छ ।  
Tags: