नेपाली जुत्तालाई अन्तराष्ट्रियकरण गर्न प्रदर्शनी

Image
नानीराज घिमिरे अध्यक्ष फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपाल हामीले २०५९ सालबाट प्रर्दशनी शुरु गरेका छौं । अहिले १६ औं संस्करणमा आइपुगेका छौं । कोभिड महामारीका कारण ३ वर्ष प्रर्दशनी तथा कुनैपनि कार्यक्रम गर्न सकेनौं । विगतमा हामीले उपभोक्तालाई टार्गेट गरेर कार्यक्रम गर्दै आएका थियौं । उपभोक्ता आएर जुत्ताा खरिद गरेर जानुहुन्थ्यो । अहिले यसमा परिमार्जन गरेका छौं । अहिले ग्राहकका साथै उद्योगी र उपभोक्ताको बीचमा पुलको काम गर्ने व्यवसायीलाई टार्गेट गरेका छौं । बिटुबीको मोडलमा प्रर्दशनी गर्छौ । विगतमा नेपालमा रहेका उद्योगी व्यवसायीको मात्र सहभागिता रहन्थ्यो भने अहिले विदेशका उद्योगी पनि सहभागि हुनुहुन्छ । कच्चा पदार्थ, टेक्नोलोजी, मेसिनरी लगायतका खरिदकर्तालाई पनि आमन्त्रण गरेर कार्यक्रम गरेका छौं । एकपटक आएका व्यवसायीले वर्षभरी कसरी बिक्री गर्ने ? कसरी जुत्ता उत्पादन हुन्छ ? लगायतका विभिन्न प्रविधीका वारेमा जानकारी लिन सक्नुहुन्छ । प्रर्दशनीमा उपभोक्त भन्दा पनि उद्योगी व्यवसायीको सहभागिता रहन्छ । होलसेलर, डिलर तथा खुद्रा व्यापारी पनि आएर धेरै कुरा सिक्न सक्नुहुन्छ । आम उपभोक्तालाई पनि प्रर्दशनीमा आएर अवलोकन गर्नसक्ुनुहन्छ । नेपाली जुत्तालाई माया गर्न पनि आग्रह गर्दछु । नयाँ व्यवसाय शुरु गर्न चाहनेका लागि पनि प्रर्दशनी उत्कृष्ट स्थल बन्नसक्छ । प्रदर्शनीले स्वदेशी उत्पादनलाई बाह्य बजारमा समेत बिस्तार गर्न सहयोग पुग्नेछ । प्रदर्शनीमा विदेशी कच्चपदार्थ, मेशिनरी र प्रविधिसहितको ४० भन्दाबढी कम्पनीका प्रदर्शनी कक्ष र नेपाली फुटवेयरका ९० कम्पनी सहभागीता रहन्छ । चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ । नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगको संख्या एक हजार ५ सय छन् । नेपाली उद्योगको वार्षिक हाल पाँच करोड जोर उत्पादन गदै आएको छ । यस क्षेत्रमा रु ३० अर्बभन्दा बढीको लगानी र रु चार अर्बभन्दा बढी बैंक कर्जा रहेको छ । राज्य तहका नीति निर्मातालाई बोलाएर हाम्रा समस्या समाधानका लागि पनि पहल गर्न अनुरोध गर्छौ । अन्तरक्रिया गर्छौ । राज्यबाट सोचेजस्तो सहयोग हामीले पाएका छैनौ । निकासी प्रवद्र्धन केन्द्रले भने केही सहयोग गरेको छ ।    
Tags: