बामपन्थी मतलाई सम्मान गर्नुपर्दछ : डा. देवकोटा

Image
काठमाडौं– नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष तथा बाग्मती प्रदेश सभा सदस्य डा. दिनेशचन्द्र देवकोटाले देशमा रहेका वामपन्थी मतलाई सम्मान गर्नुपर्ने वताएकाछन्। बाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा डा.देवकोटालाई वधाई ज्ञापन गर्न नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको कार्यक्रममा वोल्दै उनले यस्तो बताएका हुन् । वामपन्थी पार्टी नेतृत्वको वर्तमान गठवन्धन सरकारले वामपन्थी मतलाई सम्मान गर्न सक्नुपर्ने वताउँदै देवकोटाले बाग्मती प्रदेश सभामा बुद्धिजीवीको प्रतिनिधिका रुपमा आफूले फरक र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्दता व्यक्त गरे । राष्ट्र निर्माणमा प्रभावकारी भूमिका खेल्न सक्ने बुद्धिजीवीहरुलाई पार्टीले पहिचान गर्न थाल्नु सकारात्मक भएको समेत उनको धारणा छ । वधाई कार्यक्रममा बोल्दै परिषद्का महासचिव गजेन्द्र थपलियाले जनसंगठनको मान्यता पाएपछि पार्टीले पहिलोपटक परिषद्लाई यस्तो अवसर उपलव्ध गराएको बताए । बुद्धिजीवीलाई पहिचान गरेकोमा पार्टीलाई धन्यवाद दिदैं महासचिव थपलियाले अध्यक्ष देवकोटालाई सफल पार्न सवै बुद्धिजीवीहरुले भूमिका खेल्ने बताए । कार्यक्रममा बोल्दै परिषद्का सचिव ऋषि खनालले पार्टीले बुद्धिजीवीलाई पहिचान गर्दा सकारात्मक सन्देश गएको बताए । यसैगरी परिषद्का सचिवालय सदस्य डा.रामहरि लामिछानेले डा.देवकोटामा रहेको विज्ञता र सकारात्मक सोचले यस प्रदेशको भौतिक पूर्वाधार र सामाजिक विकासमा योगदान पुग्ने बताए । यसैगरी केन्द्रीय सदस्य डा.राजेन्द्र चापागाइले आलोचनात्मक चेतका साथ अरुले नसोचेका, नथालेका कामको थालनी गर्न र निष्कर्षमा पुर्याउन सुझाव दिए । लामो समयदेखि परिषद्को नेतृत्वमा रहेका देवकोटा नेकपा एमालेका तर्फबाट बाग्मती प्रदेश सभा सदस्यमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन् । उनले यस अगाडि राष्ट्रिय योजना आयोगको उपाध्ययको जिम्मेवारी निर्वाह गरिसकेकाछन् । कार्यक्रममा गोविन्द शाही, टिका ढकाल, डा. शिव अधिकारी, विपिन चित्रकार लगायतका बुद्धिजीवीहरुले राष्ट्र निर्माणमा बुद्धिजीवीहरुको भूमिकालाई पार्टी र सरकारले थप पहिचान गर्नुपर्ने वताएका थिए ।
Tags: