माइ होटल एण्ड होम डटकमबाट अनलाईन बुकिङ गर्दा १० प्रतिशत छुट

Image
काठमाडौ माइ होटल एण्ड होम डटकमले अङग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसरमा यसबाट लग इन गरेर कोठा बुक गर्नेलाई अनलाईन पेमेन्टमा १० दश प्रतिशत छुट दिने भएको छ । होटलले दिने बाहेक यसले वेभसाइट लग इन गरेर अनलाईन पेमेण्ट गर्दा १० प्रतिशत छुट दिने भएको माइ होटल एण्ड होम डटकम प्रालिका प्रवन्ध निर्देशक उत्सव पाठकले बताए । “ यो विशेष अवसरमा हाम्रा ग्राहकलाई सेवा र छुट दिन यो अफर ल्याएका हौ”, प्रवन्ध निर्देशक पाठकले भने । छुट निश्चित अवसरसम्म खुल्ला राखेको उनले बताए । माइ होटल एण्ड होम डटकमले नेपालका प्रमुख शहर र पर्यटकीय गन्तव्यमा घुम्न जाने पर्यटकलाई लक्षित गरेर होटल, होम स्टेका कोठा बुकिङ गर्न यो वेभसाइट सुरु गरेको हो । आफ्नो बजेट र रोजाई अनुसारको होटल वा होमस्ेटका कोठा अग्रिम बुकिङ गर्न दुई युवाले यो वेभसाइट विकास गरेका हुन् । यसमा होटल, होमस्टे, अपार्टमेन्ट वा घरको कोठा समेत बुकिङ गर्न सकिने अप्सन राखिएको छ । मोवाईल वा कम्प्यूटरबाट myhotelandhome.com लग इन गरेर आफूले चाहेको मूल्य र स्तरको कोठा सजिलै बुकिङ गर्न सकिन्छ । होटल एण्ड होम प्रालिका अध्यक्ष सफटवेयर इन्जिनियर शैलेस कार्कीका अनुसार यसमा होटलका रुम र त्यसका सेवा शर्त, पाईने सेवा र त्यहाँका पर्यटकीय गतिविधिबारे पनि जानकारी पाउन सकिन्छ । काठमाडौँ, भक्तपुर, नगरकोट, पोखरा, सौराहा, चितवन, लुम्बिनी, पाल्पा लगायतका प्रमुख पर्यटकीय ठाउँका होटलबारे यसमा जानकारी पाउन सकिन्छ । प्रचारात्मक भिजुअल https://www.youtube.com/watch?v=qpb_E-Nal_c  
Tags: