ट्रिटनले ‘ट्रिटन टक’ आयोजना गर्ने

Image
काठमाडौं– ट्रिटन इन्टरनेशनल कलेजले ‘ट्रिटन टक’ आयोजना गर्ने भएको छ । शुक्रबार (आज) कलेजले आफ्नै कलेजका विद्यार्थीबीच विभिन्न विषयमा टक शो गर्न लागेको कलेजले जनाएको छ । विद्यार्थीहरुले विभिन्न ६ विषयमा आफ्ना विचार राख्नेछन् । उनीहरुले विद्यार्थी र समय व्यवस्थापन, किशोर अवस्था ः सकारात्मक र नकारात्मक चिन्तन, विद्यार्थी र अर्थ व्यवस्थापन, रोवोट : आर्टिफिसियल इन्टिलिजेन्स, उर्जा संकट ः कारण, परिमाण र समाधान, वातावरणीय प्रदुषण ः डरलाग्दो चुनौतीका विषयमा आफ्ना राय राख्नेछन् ।  
Tags: