बुद्ध एयरका संस्थापक सुरेन्द्र बहादुर बस्नेत निधन

Image
काठमाडौं– बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको आईतबार ९३ वर्षको उमेरमा निधन भएको छ । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एम ए एलएललबी अध्ययन गरि नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गरेका थिए । सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत रहिसकेको बस्नेत शाही आयोगमा समेत जोडिएका थिए । ७० वर्षको उमेरमा बुध्द एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको शुरूवात गरेका उनले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका लागि खुला गर्ने श्रेय उनलाई जान्छ ।
Tags: