काठमाडौं–फिटनेस र स्पोर्टस्का सामाग्रीको अन्तराष्ट्रिय ब्राण्ड एन्टाले नेपालमा पहिलो पटक अफिसियल स्टोरको शुभारम्भ गरेको छ । एन्टाले नेपालमा स्पोर्टस् भेन्चर प्रा.लि मार्फत औपचारिक बिक्री वितरण शुरु गरेको हो ।

काठमाडौंको सुन्धारामा अवस्थित सिभिल मलमा शनिबार महानायक राजेश हमालले स्वरुमको उद्घाटन गरेका हुन् । महानायक हमालले आफू स्पोर्टस् र फिटनेसमा चासो राख्ने व्यक्ति रहेको भन्दै एन्टाजस्तो अन्तराष्ट्रिय ब्राण्डले नेपालमा औपचारिक रुपमा बिक्री वितरण शुरु गर्नु उपभोक्ताको लागि खुसीको कुरा रहेको बताए ।

स्पोर्टस् भेन्चरका संचालक विश्वास थोकरले एन्टाको एक्स्क्लुसिभ स्टोर मार्फत लेडिज तथा जेन्सका जुत्ता तथा कपडा देखि फिटनेस तथा खेलकुदका सामाग्री स्टोरमा पाइने बताए । थोकरले चाइनाको लिडिङ ब्राण्ड एन्टाले एसियाली बजारमा राम्रो पहिचान बनाएको भन्दै एन्टाको गुणस्तर र ब्राण्ड नेटवर्क को आधारमा उपभोक्ता ढुक्क हुने बताए ।

औपचारिक बिक्री शुभारम्भको अवसरमा स्टोरमा १० प्रतिशत छुट तथा क्यास ब्याक अफर राखिएको उनको भनाई छ । सिभिल मलको अतिरिक्त लविङ मल र दरवार मार्गमा मल्टिपल ब्राण्ड स्टोरमा पनि एन्टामा उत्पादन राखिएको संचालक थोकरले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय