चितवन महोत्सवको मुख्य आकर्षणमा ‘मेड इन नेपाल’ रहने

Image
भरतपुर – १४औँ संस्करणको चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आगामी पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । महोत्सवमा ‘मेड इन नेपाल’ मुख्य आकर्षणको रुपमा रहने छ । महोत्सवभित्र नेपाली युवा उद्यमी मञ्च चितवनले मेड इन नेपाल एक्स्पो गर्ने भएको छ । एक्स्पोभित्र करिब ५० वटा स्टल रहने नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए । ‘स्वदेशमा उत्पादित वस्तु तथा सेवाको प्रबद्र्धनका लागि महोत्सवभित्र मेड इन नेपाल एक्स्पो गर्न लागिएको हो’, उनले भने, ‘एक्स्पोमा नेपालमा उत्पादित जुनसुकै वस्तुहरुको स्टल राख्न पाइन्छ ।’ स्वदेशमा नै उद्यम गर्न चाहनेले पनि एक्स्पोबाट केहि सिक्न सक्ने उनले बताए । एक्स्पोमा रहने स्टलको बुकिङ अन्तिम चरणमा पुगेको उनको भनाइ छ । चितवन महोत्सवमा हुन लागेको मेड इन नेपाल एक्स्पो तेस्रो संस्करण हो । एक्स्पोमा विशेष स्टलको ५० हजार र सामान्य स्टलको ४० हजार रुपैयाँ शुल्क लाग्ने उनले जानकारी दिए । स्टार्ट अप उद्यमीलाई स्टलमा विशेष छुट पनि दिन सकिने उनले बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले पनि ‘मेड इन नेपाल’ एक्स्पो चितवन महोत्सवकै आकर्षण बन्ने बताए । युवा उद्यमीहरुले नेपालमा उत्पादित वस्तुको प्रबद्र्धन गर्न लागेकाले भन्दै उलने संघको उद्धेश्य नै स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्नु रहेको बताए ।
Tags: