‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ आयोजना हुने

Image
काठमाडौं – नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा वृहत नीति संवाद तथा प्रदर्शनी र संघीयस्तरमा अन्तराष्ट्र्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रमाथि केन्द्रित वृहत नीति संवाद क्रमशः आउँदो माघ मसान्तभित्र र संघीयस्तरको शिखर सम्मेलन फागुन मसान्तभित्र सम्पन्न गर्ने गरि सिबिफिन र एनबिआईवीच सम्झौता सम्पन्न भएको हो । सिबिफिनको कार्यालय सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाह र एनबिआईकोतर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका थिए । शिखर सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र सो को लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पु¥याउने उद्देश्य राखेको छ । शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सृजना हुने, लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम÷व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कुटनीतिक नियोगविच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ् हुने अपेक्षा समेत राखिएको आयोजकले जनाएको छ । प्रदेशस्तरीय वृहत नीति संवाद तथा प्रदर्शनी कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, प्रमुख राजनीतिक दलका नेतृत्वगण, व्यवसायिक संस्थाका नेतृत्वगण, सम्पूर्ण पालिकाका प्रमुख÷उपप्रमुख र विश्वविद्यालयका विद्यार्थीहरुको व्यापक सहभागिता गराइ वृहत बहसको कार्यक्रम हुने र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै नेपाली उत्पादनको उपभोग र निर्यात प्रवद्र्धन गर्न सघाउ पुग्ने गरी प्रदर्शनी राखिने जनाइएको छ । त्यसैगरी समापन सत्रकोरुपमा संघीयस्तरमा आयोजना हुने शिखर सम्मेलनमा नेपाल सरकार र मातहतका निकायका उच्च अधिकारी, वरिष्ठ राजनीतिज्ञ, विज्ञ, र कुटनितिक नियोग तथा अन्तराष्र्टि«य दातृ संस्थाका उच्च अधिकारीहरुको व्यापक सहभागितामा वृहत नीति संवाद आयोजना गरिने छ । त्यसैगरी शिखर सम्मेलनकै अवसरमा देशभरका पत्रकारलाई लक्षित गरीे “आर्थिक एवं बैंकिङ क्षेत्रका चुनौती र समृद्धिको मार्गचित्र” विषयक राष्ट्रियस्तरको लेख लेखन प्रतियोगिता संचालन गरी उत्कृष्ट २५ वटा लेखहरुलाई र्याङ्किङ्गका आधारमा नगद पुरस्कार र प्रसंशा पत्रबाट पुरस्कृत गरिने छ भने सफल उद्यमी÷व्यवसायी, करदाता र बैंक तथा वित्तीय संस्थाहरुलाई समेत अर्वाडमार्फत सम्मान गरिने कार्यक्रम छ।    
Tags: