किड्स अफ काठमाडौंको ‘भोलिको शिक्षा’ सम्मेलन सम्पन्न

Image
काठमाडौं– ‘भोलिको शिक्षा’ विषयक एक दिने सम्मेलन शनिबार काठमाडौंको होटल हिमालयनमा सम्पन्न भएको छ । ई–एजुकेशन र जाइकासँगको सहकार्यमा किड्स अफ काठमाडौंले आयोजना गरेको सम्मेलनमा किड्स अफ काठमाडौंले आफनो संस्थागत प्रगति विवरण सार्वजनिक गरेको थियो । संस्थाले देशका विभिन्न सामुदायिक विद्यालयमा डिजिटल कलास रुम परियोजना मार्फत हार्डव्यर र सफ्टव्यरमा सहयोग गर्दै आएको छ । किड्स अफ काठमाडौका प्रोजेक्ट डाइरेक्टर बाबुराम गोलेले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै कार्यक्रमको प्रगति र सहभागीबाट आएका जिज्ञासका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रममा ई–एजुकेशनका प्रमुख कार्यकारी निर्देशक काइटो मिवाले संस्थाले गर्दै आएका गतिविधिको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा ‘महामारीले सिकाएको पाठ’ विषयमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्याल, काठमाडौं महानगरपालिकाका सल्लाहाकार रेसु अर्याल र डिल्लीराम पौडेलले आफ्ना भनाई राखेका थिए । प्यानल छलफलको सहजिकरण प्रिया सिग्देलले गरेकी थिइन् । कार्यक्रमको अन्तिम सेसनमा कार्यक्रममा सहभागी सरोकारवालाबाट सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारमा सन्दर्भका विचार राखिएको थियो ।  
Tags: