कागेश्वरी मनहरामा भूमि आयोगको कामका बारेमा जानकारी

Image
काठमाडौं–कागेश्वरी मनहरा नगरपालिकाले बुधबार राष्ट्रिय भूमि आयोग आयोगको कामसँग सम्बन्धित कानून कार्य विधि तथा मापदण्ड बारेमा जानकारी गराएको छ । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका नापी अधिकृत जनक राज भट्टले भूमि आयोगको काम कतव्र्य एवम् सुकुम्बासीहरुको हकहित र अधिकारको बारेमा जानकारी प्रस्तुत दिएका थिए । उनले राष्ट्रिय भूमि आयोगसँग सम्बन्धित मुख्य कानूनहरु समेत बुँदागत रुपमा प्रस्तुत गरेका थिए । उनले वास्तविक सुकुम्बासीहरुको परिचय र परिभाषा प्रस्तुत गर्दै भूमि आयोगको मूख्य कामकव्र्य र अधिकारबारे पनि जानकारी गराएका थिए । आयोगका कम्प्यूटर अधिकृत आनन्द गौतमले डाटा प्रविष्टिकरण, फारमको छनौट ढाँचाको बारेमा बताएका थिए । साथै उनले फारम भर्दा ध्यान दिनुपर्ने कुराको बारेमा पनि जानकारी दिँदै फारमको दाँचा प्रस्तुत गर्दै भूमिहिन सुकम्बासीहरुले डाटा प्रविष्टिकरण गर्दा ध्यान दिनुपर्ने कुराका विषयमा जनाकारी दिए । कार्यक्रममा प्रस्तुत कर्ता र सम्बन्धित सरोकारवालाबीचमा गरिएको अन्तरसंवादमा प्रस्तुतकर्ताले छलफलमा उठेका प्रश्नको जवाफ आयोगका नापी अधिकृत जनक राज भट्टले दिएका थिए । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव चौलागाइले कागेश्वरी मनोहरा नगरपालिकाले राष्ट्रिय भूमि आयोगको काम कर्तव्यसँग सम्बन्धित महत्वपूर्ण सहयोगार्थ कार्यक्रम गरेकोमा धन्यवाद दिएका थिए । नगरप्रमुखको पहलमा सञ्चालन भएको यस किसिमको कार्यक्रमले सुकम्बासी जनतामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास रहेको बताएका थिए । वास्तविक सुकम्बासीले जस्तोसुकै अवस्थामा पनि निःशुल्क जग्गा पाउनुपर्ने अधिकार कानुनमा नै उल्लेख भएको जानकारी गराएका थिए । कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले विगत लामो समयदेखि भूमिहिन रहेका सुकुम्बासीहरुलाई विशेष सहजीकरणका लागि कार्यक्रमको आयोजना गरिएको बताए । निर्वाचन आयोगले आचार संहिता हटाएसँगै पहिलो चरणमा भूमिहिन सुकुम्बासी नागरिकहरुको हितको लागि पहल गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख कार्कीले बताए । कार्यक्रममा नगर प्रशासकीय प्रमुख अधिकृत अजय बर्तौलाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले हरेक भूमिहिन नागरिकले निःशुल्क जमिन भोगचलन पाउनुपर्ने अधिकार संविधानमा नै उल्लेख भएको बताए । साथै भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँदा आवश्यक मापदण्ड र नीति नियमको पालना गर्दै आ आफ्नो कर्तव्य निवार्ह गर्न जनप्रतिनिधि र सबै प्रशासनका कर्मचारीहरु सचेत रहनु पर्ने उनको भनाई थियो । कागेश्वरी मनोहरा नगरपालिकाका उप–प्रमुख शान्ता थापाले वास्तविक सुकुम्बासी र हुकुमबासीको छानविन गर्न आवश्यक रहेको बताइन् । उनले वास्तविक सुकुम्बासीलाई पहिचान गरी आवश्यक जग्गा दिएर व्यावस्थापन गर्नुपर्ने र गैरसुकम्बासीलाई कारवाहीको दायारामा ल्याउनुपर्ने उनको भनाई थियो । कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की, उप प्रमुख शान्ता थापा, नगर प्रशासकीय प्रमुख अधिकृत अजय बर्तौला, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव चौलागाइँ, नापी अधिकृत जनक राज भट्ट, कम्प्यूटर अधिकृत आनन्द गौतम, सम्बन्धित वडाका अध्यक्षहरु सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।  
Tags: