सरकारले गर्यो अध्यादेशको बचाव, हिंसात्मक राजनीतिलाई शान्तिपूर्ण धार ल्याउने दावी

Image
काठमाडौं– सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ मा आफ्नो बचाव गरेको छ । नयाँ सरकारको समिकरणमा सहयोग पुग्ने गरि जारी गर्न लागिएको अध्यादेशमा सरकारले आफ्नो बचाव गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे आज जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई आन्तरिक एकताका साथ सबैलाई काम गर्न दिने मनसायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउने उद्देश्यका साथ सो अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरिएको जानकारी दिए । अध्यादेश ल्याउने तयारी भएसँग सबैतिर यसको बिरोध भएको छ । सरकारको नेतृत्व गरेको कांग्रेस भित्र यस विषयमा फरक मत छ ।
Tags: