अध्यादेशमा कांग्रेस महामन्त्री शर्माको असहमति, ‘यसले कानुनी, राजनैतिक र नैतिक प्रश्न जन्माएको छ’

Image
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले रेशम चौधरी लगायतलाई आम माफी दिने गरि ल्याउन लागिएको अध्यादेशको विरोध जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराउँदै यसाले कानुनी, राजनैतिक र नैतिक रुपमै प्रश्न जन्मिएको उल्लेख गरेकाछन् । उनले लेखेका छन्, ‘सडकमा छँदा जे सत्य, संसदमापनि त्यहीनै सत्य , त्यसैले सार्वजनिक दर्ज होस् असहमति‘ संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत , कानुनी र राजनैतिक प्रश्न मात्र होइन, प्रधानमन्त्री ज्यू यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ ’ आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
Tags: