गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो महाधिवेशन आजदेखि सुरु

Image
काठमाडौं – गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो महाधिवेशन आजदेखि सुरु भएको छ । कमलादीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा महधिवेशन सुरु भएको हो। देशभरका ४६० गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सहभागितामा महाधिवेशन भएको महासंघले जनाएको छ । मंसिर २७ सम्म हुने सो महाधिवेशन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेकाछन्। महाधिवेनबाट आगामी पाँच वर्षको लागि महासंघको नयाँ नेतृत्वको चयन हुने छ । विषयगत विज्ञहरुसँग अन्तरक्रिया, स्थानीय सरकार सवलीकरण सम्बन्धि कार्टुन चित्र प्रदर्शनी र काठमाडौं घोषणापत्र जारी गर्ने कार्यक्रम सो महाधिवेशनमा हुने महासंघले जनाएको छ ।
Tags: