नेपाल रेमेडिजलाई कुशल उत्पादन अभ्यासको सम्मान

Image
काठमाडौं– औषधि बजारीकरण सुरु गरेको छोटो समयमै नेपाल रेमेडिजले औषधि विभागबाट ‘कुशल उत्पादक अभ्यास’ प्रमाणपत्र प्राप्त गरेको छ । २०७१ सालमा निर्माण सुरु हुँदै २०७७ सालमा आफनो पहिलो औषधि बजारीकरण गरेको कम्पनीले २०७७÷२०७८ मा कोभिड–१९ महामारीको चुनौतीमा पनि नेपाल रेमेडिज औषधी उत्पादन गरी आवश्यकता अनुसार बिर्की वितरण गर्दै आएको छ । नेपाल रेमेडिज नेपालको पहिलो एक मात्र हर्मन र स्टेरियोमा आधारित औषधि उत्पादन गर्ने कम्पनी हो । नेपाल रेमेडिजले २०७६ सालमा आफनो पहिलो हर्मन प्रोडक्ट उत्पादन गरेको हो । नेपाल रेमेडिजले औषधिको गुणस्तरिय उत्पादनको मापदण्ड पुरा गर्दै आफनो एउटा छुट्टै हर्मन र स्टेरियो व्लक र अर्को छुट्टै साधारणमा औषधि उत्पादन गर्दै आएको छ । जसमा हर्मोनमा १० ओटा र स्टेरियोमा ५ ओटा साथै जेनेरल व्लकमा ११ ओटा औषधि उत्पादन गर्दै आएको छ । विभागले कोरोना महामारीको बीचमा पनि कडा मेहेनत र परिश्रमको सम्मान गर्दै मंसिर २० मा कुशल उत्पादन अभ्यास प्रमाणपत्र दिएको हो ।  
Tags: