कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद : को को बने सांसद

Image
काठमाडौं- नेपाली कांग्रेसले लामो रस्साकस्सी पछि समानुपातिक सूचीबाट सांसद चयन गरेको छ । कांग्रेसले शनिबार प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । प्रतिनिधि सभासँगै प्रदेश सभाका समानुपातिकको नाम टुंगो लगाउन शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिटमा ३ पुरुष र ३ मकिांग्रेसमा २९ महिला सांसद चयन भएकाछन् । सबै भन्दा विवाद देखिएको खसआर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, आदिवासी जनजातितर्फ पूर्व उपसभापति गोपालमान श्रेष्ठ, मधेसी पुरुषतर्फ अर्का उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियार , थारु पुरुषतर्फ योगेन्द्र चौधरी र मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमै सहमहामन्त्री फरमुल्लाह मन्सुर थिए । प्रत्यक्षतर्फ दलित समुदायबाट एक जना पनि उम्मेदवार नबनाएकाले सहमहामन्त्री जीवन परिवारलाई पठाउनुपर्ने डा. शेखर कोइराला समूहको लबिङ थियो । उनलाई लैजान बाँकी २ सिटमा सभापति देउवाले प्रकाशशरण महत र विमलेन्द्र निधि सांसद बनेकाछन् । महिलामा को को ? खस आर्य महिला समानुपातिकतर्फ आरजु देउवा राणा र मञ्जु खाँण, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावल चुनिएकाछन् । आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ। दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । मधेशीमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् ।  मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।
Tags: