हाम्रा विकासका एजेण्डा भन्दा फेसबुकको धमाकालाई नागरिकले पत्याए : प्रचण्ड

Image
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिक विकासका एजेण्डाबाट नभई फेसबुकको धमाकाबाट प्रभावित भएको बताएकाछन् । शनिबार आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको पन्घ्रौं स्थापना दिवस कार्यक्रम सम्बोधन गर्दै प्रचण्डले चुनाव जित्न सामाजिक सञ्जालमा पनि धमाका दिनुपर्ने बताएका हुन्। उनले जनताहरू विकास र एजेन्डाले मात्रै खुसी नभएको पाइएको बताए । ‘विकासको क्रान्तिनै ल्याएको ठाउँमा पनि माओवादीका उम्मेदवारलाई चुनाव जित्न हम्मे–हम्मे प¥यो,’ प्रचण्डले भने, ‘विकास र एजेन्डा लिएर जाँदैमा चुनाव जितिने रहेनछ। फेसबुकमा धमाका दियो भने हेर्नुस् त कस्ता कस्ताले जितेका छन्।’ माओवादी केन्द्रले सिद्धान्त र एजेन्डालाई समय सापेक्ष बनाउँदै विज्ञान र प्रविधिमा पनि ध्यान दिन जरुरी रहेको प्रचण्डले बताए। प्रचण्डले  जनयुद्ध र जनआन्दोलनको समायोजनबाट परिवर्तन संभव भएको बताए । माओवादीले त्याग र बलिदानका किर्तिमान नगरेको भए अहिलेको परिवर्तन संभव नहुने उनको भनाई थियो । अहिले परिवर्तनलाई परिणाममुखी बनाउन नसक्दा गलत पक्षले फाइदा उठाएको बताए ।  
Tags: