काठमाडौं– गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्।

मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।

अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका मन्त्री पनि हुन्। गण्डकीमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ एउटा पनि प्रदेश सभा सदस्य जितेको छैन। उनले यही मौकाको फाइदा उठाएर गठबन्धनको सरकार बने मन्त्री बन्ने बाटो समातेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर