‘जनस्वास्थ्यका सूचना प्रवाहमा स्वयंसेविकाको भूमिका महत्वपूर्ण’

Image
तस्विरमा : १९औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको कार्यक्रममा भुमिकास्थान १० अर्घाखाँचीका महिला स्वास्थ्य स्वयमसेविका काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्यका कुरा प्रभावकारीरुपमा जनतासमक्ष पु¥याउने गरेको बताएकाछन् । स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले आज यहाँ आयोजना १९औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको कार्यक्रममा उहाँले स्वास्थ्यका सूचना जनतासम्म पु¥याउन स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “राज्यले स्वास्थ्यका के के सुविधा उपलब्ध गराएको छ । त्यसको जानकारी स्वयंसेविकाले जनतासमक्ष बताउने गरेका छन्”, उनले भने, “अझ हामीले स्वयंसेविकालाई जनमुखी बनाउन आवश्यक रहेको छ ।” उनले अहिले पनि सरकारले उपलब्ध गराउने सेवा जनसमक्ष पु¥याउने स्वयंसेविकालाई आग्रह गरे । मुटु, मिर्गौला, फोक्सो, जस्ता जटिल रोग उपचारबारे सर्वसाधारणलाई अझ थाहा नभएकाले धेरै दुःख पाउने गरेको भन्दै उनले स्वयंसेविकालाई उपचार र सेवाबारे पनि जानकारी गराउनुपर्ने बताउनुभयो । उनले सरकारले स्वास्थ्यमा विभिन्न प्रकारको सहुलियत दिए पनि सर्वसाधारणलाई थाहा नभएर ति सेवाबाट बञ्चित हुनुपरेको बताए । मन्त्री खापुङले खोप, पोलियो खोपाजस्ता रोग प्रतिरोधात्मक खोप बालबालिकालाई लगाउनका लागि स्वयमसेविकाले पु¥याएको योगदान विर्सन नहुने बताए । स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले आगामी वर्षदेखि देशभरबाट उत्कृष्ट स्वयंसेविका छनोट गरी एक जनालाई सम्मान गर्ने बताए। उनले स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्यमा अतुलनीय काम गरेको बताए । उनले नेपालका स्वास्थ्य स्वयंसेविका विश्वमा नै एक उदाहरणीय काम गरेको बताए। विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले स्वास्थ्यको पहिलो पंक्तिमा रहेर स्वयंसेविकाले सेवा उपलब्ध गराइरहेको बताए। उनले जनतालाई स्वास्थ्यको पहिलो सेवा स्वयंसेविकाबाट पाएको बताए । महाशाखाका प्रमुख गोमादेवी निरौलाले स्वयंसेविका स्वास्थ्य शिक्षाको सञ्चारको प्रवाहको रुपमा रहेको बताए । उनका अनुसार अहिले देशभर ५१ हजार चार सय २३ महिला स्वयंसेविका छन् । स्वयंसेविकाले परिवार नियोजन बारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, खोप कार्यक्रम सञ्चालन, भिटामिन ए, जुकाको औषधि, स्वास्थ्य शिक्षा प्रदानजस्ता काम गर्दै आइरहेका छन् । आज नेपालसहित विश्वभरि नै ‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवद्र्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।  
Tags: