प्रभु बैंकले नयाँ स्थानबाट सेवा प्रदान गर्दै

Image
सुरेश छन्त्याल/बागलुङ गलकोट नगरपालिका ३ हटिया बजारमा रहेको प्रभु बैंक लिमिटेड गलकोट शाखाले आफ्नो सेवा नयाँ ठाउँबाट सञ्चालनमा ल्याएको छ । गलकोटमा विगत १४ वर्षदेखि वित्तिय क्षेत्रमा आफ्नो सेवा प्रवाह गर्दै आईरहेको बैंकले डिजिटल माध्यमबाट कारोबार, गर्नुका साथै २४ सै घण्टा एटिएम् सेवा उपलब्ध गराउदै आएको छ । बैंकको हालसम्म देशभर २ सय १८ वटा शाखा सञ्चालनमा रहेका छन् । गलकोटको पुरानो वित्तिय संस्था प्रभु बैंक लिमिटेड गलकोट शाखाले थप व्यवस्थापन सहित आफ्नो सेवा गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजार स्थित गलकोट स्क्वायर भवनबाट सञ्चालन गरेको प्रभु बैंक लिमिटेड गलकोट शाखाका क्लस्टर प्रमुख एवम् शाखा प्रबन्धक चेतनारायण गौतमले जानकारी दिए । यस अघि बैंकमा सेवा लिन आउने ग्राहकहरुकोे लागि यातायात पार्किङमा समस्या रहेकोमा अब भने पार्किङको लागि सहज भएको बताए।
Tags: