रम्भादेवी बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट ४ को १० औँ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न,

Image
रामु भुसाल पश्चिम् नवलपरासी – बर्दघाट ४ मा रहेको रम्भादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १० औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सस्थाका अध्यक्ष जितेन्द्र चौधरीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले यस सहकारीले आफ्नो शेयर सदस्यहरुलाई उत्पादनशिल कार्यमा प्रेरणा जगाउनका लागि विभिन्न तालिमहरुको आयोजना गरि सदस्यलाई उत्पानदशिल बनाउन आग्रह गर्दै सो कार्यमा स्थानिय सरकार सहयोग र सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा अध्यक्षको प्रतिवेदन सस्थाका अध्यक्ष चौधरीले प्रस्तुत गरेका थिए भने संस्थाको प्रगती विवरण तथा आगामी वर्षको भावी योजना सहितको प्रतिवेदन सस्थाका सदस्य पदम सुनारले प्रस्तुत गरेका थिए, त्यसैगरि संस्थाको कुल २ करोड १० लाख ७७ हजार १ सय ६० बराबर आर्थिक आय ब्यय विवरण प्रस्तुत गर्दै संस्थाले यस आर्थिक वर्षमा ७ लाख २७ हजार ७ सय ३० रुपिया शुद्ध नाफा गर्न सफल रहेको प्रतिवेदन सस्थाका कोषाध्यक्ष चेत नारायण ढकालले प्रस्तुत गरेकाथिए। त्यस्तै लेखा समितिको प्रतिबेदन लेखा समयोजक मदनराज अर्यालले प्रस्तुत गरेकाथिए। सो अवसरमा राष्ट्रिय सहकारी बैंक बर्दघाट शाखा प्रमुख सविना पोखरेल लगाएतले मन्तब्य राखेको कार्यक्रममा सेयर सदस्य मध्य उत्कृष्ट बचतकर्ता २ जना, शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरी २ जना, उत्कृष्ट ऋणी १ जना,र उत्कृष्ट बालबचतकर्ता १ जना गरि ६ जनालाई नगद सहित सम्मान गरिएको थियो । सस्थाका उपाध्यक्ष यशोदा पाण्डेको स्वात मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका कार्य समिती सदस्य रेम बहादुर रानाले गरेकाथिए। बर्दघाट नगरपालिका कार्य क्षेत्र रहेको सस्थामा कुल ७ सय ४१ जना सेयर सदस्यहरु आबद्ध रहेका छन्।
Tags: