सिकेले प्रधानमन्त्री भेटे, सरकारमा जाने सहमति

Image
काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भेट गरेकाछन्। बिहिबार अपरान्ह बालुवाटारमा भएको भेटमा आपसी सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा कांग्रेस उपसभापति पुर्ण बहादुर खड्का र नेता बिमलेन्द्र निधि समेतको उपस्थिति थियो । भेटघाटमा दुबै नेताले शुभकामना साटासाट गर्नुका साथै संघ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल गरेको जनमत पार्टीका प्रवत्ता बीपी साहले जानकारी दिएकाछन् । प्रधानमन्त्री देउवाले सहकार्य गर्ने प्रस्ताव राखेपछि अध्यक्ष डा।राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी र्शीजना गर्नेलगायतका एजेण्डा उठाएका थिए । जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा.राउतले प्रतिक्रिया दिए । दुबै नेताबीच पहिलो चरणको छलफल भएपनि कुनै निर्णयमा पुगिएको छैन। थप छलफल गर्ने सहमति भएको छ।
Tags: