अभूतपूर्व संकट टार्न नेतृत्वमा आँट हुनुपर्छ : महामन्त्री थापा

Image
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब आउने नेतृत्वमा आँट हुनुपर्ने बताएकाछन् । उनले अहिले अभूतपूर्व संकटमा भएको सोचेर दृढता पूर्वक काम गरे मात्रै समस्याको समाधान हुने बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले सरकारको सहभागिता स्वास्थ्य र सार्वजनिक शिक्षामा बढाउन आवश्यक भएको भन्दै विकास निर्माण तथा उद्योगमा पहुँच बढाउन पर्नेमा जोड दिए । यद्यपी उनले निजी क्षेत्रसँग पाटर्नरसिपमा सरकारले काम अघि बढाउन सक्ने जनाए । वृद्धभत्ता कति उमेरसम्म ल्याउने भन्ने विषयमा प्रतिस्पर्धा भएको भन्दै उनले वितरणमा भन्दा पनि एक वर्षमा कति रोजगारी सिर्जना गर्ने ? कति उत्पादन बढाउने भन्ने विषयमा केन्द्रित हुन जरूरी रहेको धारणा राखे । ‘अब बन्ने प्रधानमन्त्रीले अहिलेको गम्भिरतालाई बुझ्न जरूरी छ,’ उनले भने, ‘निजी क्षेत्रका संस्थासँग छुट्टा÷छुट्टै होइन, सामूहिक रूपमा सरकार कै पहलमा खुला र पारदर्शी रूपमा छलपल हुनुपर्छ ।’ यस्तै उनले निजी क्षेत्रसँग बन्द कोठामा भन्दा पनि खुला र पारदर्शी रूपमा छलफल हुन आवश्यक भएको बताए ।
Tags: