आयोग माथि शंकरको आक्षेप, ‘सत्तापक्षको नाङ्गो धाँधलीलाई वैद्यता दिइयो’

Image
काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’ एमालेले स्याङ्जा र बाजुरामा पुनः मतदान हुनुपर्ने माग राखेको थियो । तर निर्वाचन आयोगले एमालेको मागको बेवास्ता गर्दै मतगणनालाई सुचारु गराएको छ ।
Tags: