विश्वले भने, 'गगनलाई प्रधानमन्त्री बनाउन झापाबाट आएँ'

Image
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले पार्टीका अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउन आफू झापाबाट काठमाडौं आएको बताएका छन् । काठमाडौं आएर थापाको घरमा बधाई दिन पुगेका शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका हुन् । शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई साटासाट गरेका हुन् । साथै उनले थापालाई प्रधानमन्त्रीका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । सो क्रममा उनले थापालाई प्रधानमन्त्री बनाउने अभियान थाल्ने पनि बताएका छन् । नेता शर्माले गगनसँग पटकपटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्रीका लागि अगाडि सर्नुपर्नेमा जोड दिएका छन् । उनले यसका लागि आफूले थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडि बढाउने बताएका छन् । शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताएका छन् । नेता शर्माले गगन चुनावमा उठ्नुअघि नै प्रधानमन्त्री बन्न सक्ने बताएका थिए । गगनले पनि दुई वर्षअघिदेखि नै विज्ञहरुसँग छलफल गरी प्रधानमन्त्रीका लागि चाहिने सबै सीप, दक्षता र क्षमताबारे ज्ञान हासिल गरिसकेका छन् । पार्टीका महामन्त्रीद्धय नै लागिसकेपछि यसले मूर्त रुप लिने विश्वाससमेत गरिएको छ । त्यस्तै जनमत पनि युवाहरुको विश्वासबाट आएकाले गगनलाई नै प्रधानमन्त्री बनाउनुपर्ने जोड बलियो हुँदै आएको छ ।   काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले पार्टीका अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउन आफू झापाबाट काठमाडौं आएको बताएका छन् । काठमाडौं आएर थापाको घरमा बधाई दिन पुगेका शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका हुन् । शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई साटासाट गरेका हुन् । साथै उनले थापालाई प्रधानमन्त्रीका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । सो क्रममा उनले थापालाई प्रधानमन्त्री बनाउने अभियान थाल्ने पनि बताएका छन् । नेता शर्माले गगनसँग पटकपटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्रीका लागि अगाडि सर्नुपर्नेमा जोड दिएका छन् । उनले यसका लागि आफूले थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडि बढाउने बताएका छन् । शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताएका छन् । नेता शर्माले गगन चुनावमा उठ्नुअघि नै प्रधानमन्त्री बन्न सक्ने बताएका थिए । गगनले पनि दुई वर्षअघिदेखि नै विज्ञहरुसँग छलफल गरी प्रधानमन्त्रीका लागि चाहिने सबै सीप, दक्षता र क्षमताबारे ज्ञान हासिल गरिसकेका छन् । पार्टीका महामन्त्रीद्धय नै लागिसकेपछि यसले मूर्त रुप लिने विश्वाससमेत गरिएको छ । त्यस्तै जनमत पनि युवाहरुको विश्वासबाट आएकाले गगनलाई नै प्रधानमन्त्री बनाउनुपर्ने जोड बलियो हुँदै आएको छ ।  
Tags: