भुमिकास्थान नगरपालिकाको संक्षिप्त परिचय

Image
भुमिकास्थान नगरपालिका नेपाल राज्यको प्रदेश न. ५ अन्तर्गत मध्य पहाडी क्षेत्रमा अबस्थित अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कदेखि पश्चिम भागमा रहेको सुन्दर नगर हो । नेपालमा ७५३ स्थानीय तह कायम हुँदा अर्घाखाँची जिल्लामा साविकका ढाकाबाङ, धारापानी, असुरकोट, खिल्जी, नुवाकोट, ढिकुरा र धनचौर गाउँ विकास समितिहरुलाई समेटेर भुमिकास्थान नगरपालिका बनाइएको हो । यस नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ बर्ग किलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या जम्मा ३२,६४० (पुरुष–१३९३५ र महिला–१८७०५) रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको नुवाकोट गाविसको कार्यालयमा रहेको छ । यस नगरपालिकामा १० वटा वडा रहेका छन् । नामाकरणः– यस नगरपालिकाको नामाकरणको सन्दर्भमा स्थानीय बासिका अनुसार हालको भुमिकास्थान मन्दिर भएको स्थानमा पहिला पुजा गर्ने थानलाई भुमेकाथान भनिन्थ्यो। पछि आएर त्यही पुजा गर्ने थानलाई भुमिकास्थान भनिएको र सोही थानको नामबाट यस क्षेत्रको नाम भुमिकास्थान रहेको छ ! सीमानाः– यस नगरपालिकाको सिमाना पूर्वमा सन्धिखर्क नगरपालिका, पश्चिममा प्युठान जिल्ला, उत्तरमा मालारानी गाउँपालिका र दक्षिणमा शितगंगा नगरपालिकासम्म फैलिएको छ । ५ न. प्रदेशमा अबस्थित यो नगरपालिका पर्यटकीय हिसाबले प्रसस्त सम्भावना बोकेको स्थानीय तह मानिन्छ । हावापानी तथा जलवायुः– जैविक विविधताले भरिपूर्ण यो नगरपालिका समुन्द्र सतहबाट न्यूनतम १०१२ मिटर उचाईदेखि २५१५ मिटरसम्म फैलिएकोले यसको हावापानीमा पनि विविधता छ ! पहाडी भागमा अबस्थित भएको हुनाले हिउंदमा सामान्य जाडो र गर्मीमा सामान्य गर्मी हुनु यहाँको विशेषता हो । नदीनाला तथा ताल तलैयाः– यस नगरपालिकाको मुख्य नदीका रुपमा झिमरुक खोला रहेको छ भने खाकाबेशी, छापे, लम्ची, छिर्लिंङ खोलाहरु यहाँका साना खोलाहरु हुन् ! यस नगरमा साना–साना पोखरी र ताल तलैया रहेका छन् ! सेंग्लेंङ दह, मसिनाको लेक, दुर्बाङको फाँट र भुकफेंदी यस जिल्लाकै प्रसिद्ध तथा विशेष पहिचान भएका स्थानहरु हुन् ।
Tags: