विश्वकप फुटबलमा स्वीट्जरल्याण्डको विजयी शुरुआत

Image
काठमाडौं – कतारमा जारी विश्वकप फुटबलमा स्वीट्जरल्याण्डले विजयी शुरुआत गरेको छ । स्वीट्जरल्याण्डले आज साँझ सम्पन्न खेलमा क्यानरुनमाथि १–० को जित निकालेको हो । खेलको ४८ औं मिनेटमा ब्रेल इम्बोलोले निर्णायक गोल गरेका हुन् । खेलमा दुवै टिमले बराबरजसो बल आफ्नो नियन्त्रणमा लिएका थिए । स्वीट्जरल्याण्डले ३ तथा क्यामरुनले ४ वटा गोलका लागि प्रहार गरेको थियो । स्वीट्जरल्याण्डले १० तथा क्यामरुनले पाँच वटा कर्नर हानेको थियो । खेलका क्रममा स्वीट्जरल्याण्डले २ तथा क्यामरुनले १ वटा पहेँलो कार्ड पाएको थियो । योसँगै समूह जीमा स्वीट्जरल्याण्डले जितसँगै शुरुआत गर्दा क्यामरुनले हारको सामना गरेको छ । यो समूहमा ब्रजिल र सर्बिया पनि रहेका छन् ।  
Tags: